दश नयाँ शहर निर्माण सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ
शहरी विकास मन्त्री सीता गुरुङले २० वर्षभित्र १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्य सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् ।
राष्ट्रिय सभाको बैठक अन्र्तगतआजमन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफदिँदै उनले हिमाल, तराई र पहाडमा रहेको जनसंख्याको असमानता र असन्तुलितविकासलाई व्यवस्थापन गर्नुका साथै तिव्र बसाईसराईलाई रोक्नशहरी सेवा सुविधासहितको नयाँ सहर विकासकोलक्ष्यलाई प्राथमिकतामा राखेरनिरन्तरतादिदैँ बजेट केन्द्रीत गरिएको बताईन् ।
उनले भनिन्, ‘हिमाल, तराई र पहाडमा रहेको जनसंख्याकोअसमानता र असन्तुलितविकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाईसराईलाई रोक्न मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण राजमार्गको मिलनविन्दु वाआसपासमाशहरी सेवा सुविधासहितको नयाँशहर विकास गरी २० वर्षभित्रप्रत्येक सहरमा १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्यसहितआर्थिक वर्ष २०६७, ६८ बाट सुरु गरिएको नयाँ सहर आयोजनालाई विशेष प्राथमिकताका साथ निरन्तरतादिदैँ बजेट केन्द्रीत गरिएको छ ।
यस्तै, उनले नगरपालिकाप्रमुखको रुपमा १३ जनामात्रै महिलाहरुनिर्वाचितभएको भन्दै महिलानिर्वाचितभएकानगरपालिकाहरुलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन् ।
उनले भनिन्, ‘नगरपालिकाको छनोट गर्दा प्रादेशिक सन्तुलनमिलाउनुको साथै७ सय ५३ वटा स्थानीयतहहरु मध्ये नगरपालिकाहरुमा१३ जनामात्रै महिलाहरुप्रमुखको रुपमानिर्वाचितहुनुभएको र त्यसैलाई प्राथमिकतामा राखेरनगर प्रमुखको रुपमामहिलानिर्वाचितभएकानगरपालिकाहरुलाई विशेष प्राथमिकतादिइएको छ । ’
मन्त्री गुरुङले फोहोरमैलाव्यवस्थापनकालागि स्थानिय सरकारलाई जिम्मेवारबनाउनु पर्छ भन्ने मन्त्रालयको धारणा रहेकोपनिबताईन् ।