नापी तथा मालपोतमा अनलाईन प्रणाली विकास गरिएको छ : मन्त्री श्रेष्ठ
भूमिव्यवस्था सहकारीतथा गरीविनिवारण मन्त्री रञ्जिताश्रेष्ठले, नापीतथामालपोत कार्यालयकाकाम सरल र सहजबनाउनअनलाईन प्रणालीबाटै कामहुने व्यवस्था गरिएको दाबी गरेकी छिन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफदिँदै उनले नापी र मालपोतलाई एकीकृत सेवा प्रणालीका आधारमा संचालन गर्ने गरी कार्य अघि बढाइने बताइन् । ‘नापी र मालपोत एकीकरण गरी चालु खर्चमा कटौती समेतहुने र जग्गाप्रशासन सेवामा प्रणालीको विकास गरी स्थानीयतहमार्फत सेवाहरु प्रदान गर्ने गरीकार्यक्रम अगाडी बढाईनेछ । ’
नापीकार्यलय र कालपोत कार्यलयहरुमा सेवाप्रवाहको लागिअनलाईन प्रणालीको विकास भएको भन्दै उनले त्यसको कार्यान्वयनकालागिमन्त्रालयले आवश्यक सहयोग गर्ने बताइन् ।
सहकारी ऐन अनुसार सहकारीको निरन्तर अनुगमन र निरीक्षणको कामभइरहेको उनको दाबी छ ।