युक्रेनसंगको युद्ध रोक्ने रुसलाई शान्ति समाजको आग्रह
मानवअधिकार तथाशान्ति समाजले, युक्रेनसंगको युद्ध रोक्न दुतावासमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् ।
आजबालुवाटारस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै समाजले रुस-युक्रेन युद्धका कारण मानवता पराजितभइरहेको भन्दै युद्धतत्कालबन्द गर्न आग्रहगरेका हुन् ।
प्रदर्शनमा सहभागिमानवअधिकार तथाशान्ति समाजकाअध्यक्षरामकृष्ण बरालले रुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्रध्वस्तहुनुका साथै लाखौं लाखमानिस घरबारविहीनभएको भन्दैयसलाई रोक्न आवश्यकभएको बताए ।
उनले भने, ‘आज रुस र युक्रेनबीचको युद्धले लाखौं लाखमानिस घरबारविहीनभएका छन् । हजारौंले आफ्नो जीवनगुमाएका छन् र विश्व अर्थतन्त्रध्वस्तभईसकेको छ । विश्व अर्थतन्त्रले आफ्नो लय लिनअझै लामो समय लाग्छ ।’
उनले युद्ध सुरु भएको ५ सय दिनवित्दापनिरोकथामहुननसकेको भन्दै युद्ध रोकिनु पर्छ र युद्धबाट आमनागरिकले मुक्तिपाउनु पर्छ भन्नेमागका साथप्रदर्शन गरेको पनिबताए ।
सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरुभएको युद्ध तत्कालअन्त्य गर्न आग्रहसहित यस अघि पनिमानवअधिकारतथाशान्ति समाजले राष्ट्रपतिलाई पटक पटकआग्रह गरेको थियो ।
युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ भन्ने मान्यताका साथमानवअधिकार तथाशान्ति समाजले युद्ध निषेधःशान्तिविशेष भन्ने आह्वानसहित २७वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमाअभियान सञ्चालनगर्दै आएको छ ।
प्रदर्शनमाशान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहोमकान्त चौलागाई, महासचिव रेनुकापौडेल, शान्तिवादीहरु डा. केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मीश्रेष्ठ, चन्द्रमणी बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राचीखनाल, रिताअधिकारी, आरसी भण्डारी, मणिरामदाहाल, गौतम खड्का, हिरामणी खनाललगायतसहभागिथिए ।
यसैगरी आजकै दिन रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रहगर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामाशान्ति समाजकाशाखाहरुले प्रदर्शन गरेका छन् ।