राष्ट्रिय सभामा मन्त्री किरातीको दुखेसो : ‘बोल बोल मछली मुखभरी पानी’
संस्कृति पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किरातीले, रोष्टममा उभिएर बोल्नै अप्ठ्यारो लागेको बताएका छन् ।
विहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयकगत छलफलपछि उठेका प्रश्नको जवाफदिने क्रममाउनले गणतन्त्र स्थापनाको १५ वर्षमा पनिविकासको राष्ट्रिय मोडालिटी नबनेकोप्रतिगम्भीर असन्तुष्टि पोखे ।
‘बोलबोल मछली मुखभरी पानीभने झै, आजयहाँउभिएरबोल्न अप्ठयारो लागेको छ । संघीय लोकतान्त्रीक गणतन्त्र आएको यो १५ औँ वर्षमा पनिहामीले विकासको राष्ट्रिय मोडालिटी निमाणर् गर्न नसक्दाआजहामीले दुःखपाईरहेका छौं । ’ उनले भने ‘संघको मन्त्रालयबाट छुट्याईएको दार्चुलाको ५ लाखर ताप्लेजुङको ५ लाख बजेटलाई कसरी टेन्डर गरेर कार्यन्वयन गर्ने होला?’
संस्कृति र प्राकृतिक सम्पदाको हिसावले सबैभन्दामाथि रहेको देश चरित्रकाहिसावले विश्वकै वामपुड्के जस्तो देखिएको उनको भनाई छ ।
उनले भने ‘प्रकृति र संस्कृतिमा सबैभन्दामाथि रहको देशमा छौँ तर हाम्रो व्यवहार र चरित्रमाहामी संंसारकै बामपुड्के जस्तो देखिएका छौं । ’
मरेर गएपछि आउने पुस्तालाई के सम्पदा छोडेर जाने आजैबाट सोच्न जरुरी रहेको बताएकाउनले भोलीढिली पछुताउनुको कुनै अर्थ नहुने धारणा राखे ।
२० वर्षपछि पर्यटकहरुले तेलको गन्धनआउने,गाडी हर्न नबज्ने,मोवाईलको टावर टिप्न नसकोस, त्यस्ता ठाउँहरु खोज्ने भन्दै उनले अहिले विकासको नाममाभै रहेको मनपरी तर्फ असन्तुष्टि जनाए।