लम्पी स्किनबाट नेपालमा ७ लाख ८२ हजारभन्दाबढी पशु संक्रमित, रोग नियन्त्रणका सक्दो प्रयास भइरहेको छ : मन्त्री भुसाल
कृषितथा पशुपन्छि विकास मन्त्री, वेदुराम भुसालले, पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानकालागि सरकारले आवश्यक सबै उपायअपनाएको दाबी गरेका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफदिँदै उनले लम्पी स्किन रोगको नियन्त्रणका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सबै प्रयास गरेको बताए । ‘लम्पी स्किन रोगको लागि सरकारले मन्त्रालयबाट सम्भव भएसम्मका सम्पुणर् प्रयास गरिएको छ । साढे दुई महिना अगाडिदेखि उपचार तथा नियन्त्रणको प्रयास भईरहेको छ । नियन्त्रणको लागि संक्रमण नभएकापशुलाई भ्याक्सिनलगाउने कार्य भएको छ । यो भ्याक्सिनहाम्रो देशमाबन्दैन् । ’
लम्पी स्किन हालदेशका सबै जिल्लामा देखा परेको जानकारी दिदैँ मन्त्री भुसालले, आजसम्म७लाख ८२ हजारभन्दा बढी पशु संक्रमितभएको जानकारी दिए ।
‘अहिले गाई भैंसिलाईलाग्ने रोग लम्पी स्किन रोग व्यापकरुपमा फैलिएको छ । योरोगनयाँप्रकारको सरुवा रोग हो । यो रोग नेपालमापहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा यो रोग देखा परेको छ ।’ उनले भने ‘हालसम्म७लाख ८२ हजार १ ८४ पशु संक्रमतिभएका छन् । संक्रमतिमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमितअवस्थामाछन् ।’