सभामुख र फ्रान्सेली राजदूतबीच भेटवार्ता
सभामुख देवराज घिमिरेसँग नेपालकालागिफ्रान्सका राजदूतगिल्स बोरबाओलेबीच भेटवार्ता भएको छ ।
मंगलवार सिंहदरवारमाभएकोउक्तभेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूणर् सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानीतथाव्यापार लगायतकाविषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाभएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीचजनस्तरको सम्बन्ध रहेको उल्लेख गरे।
उनले भने,‘हामीबीच सरकार-सरकारमात्रहोइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्चप्राथमिकतादिँदै आएको छ,।’
सभामुख घिमिरेले फ्रान्सेलीक्रान्तिले ल्याएको परिवर्तन नेपालकालागि प्रेरणादायी रहेको बताए। उनले भने,‘फ्रान्सेलीक्रान्तिको आधारभूतमान्यताहरु स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिकआन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन् ।’
सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझामञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढिकरण र सबलिकरणमा अनुभवआदानप्रदानभइरहने विश्वास व्यक्त गरे ।उनले कोभिड १९ महामारीमा फ्रान्सबाट सहयोगको उच्च सराहना गरे ।
राजदूतगिल्स बोरबाओले नेपालले पनिफ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हलगर्दै विकासलाई अगाडि बढाएको बढाएकोमाखुसीव्यक्त गरे । उहाँले आगामीवर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामापर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।