गृहमन्त्री श्रेष्ठसँग किन आक्रोशित छन् एमाले अध्यक्ष ओली ?
‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छन् । यो अत्यन्तै अनैतिक र गैरजिम्मेवार क्रियाकलाप हो । गृहमन्त्री भएर त्यस्ता गैरजिम्मेवार कुरा गर्दै हिँड्ने ?’ एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गरेको प्रश्न हो यो ।
सरकारले तस्करीको झण्डै एक क्विन्टल सुन बरामद गरेर अनुसन्धान गरिरहेका बेला सामान्य पार्टी कार्यकर्ताले जस्तै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीमाथि नै प्रश्न गरेका हुन् ।