सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक
प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
‘सुन प्रकरण गम्भीर विषय छ । त्यही गम्भीर्यताका आधारमा दलको बैठकमा छलफल हुन्छ,’ गिरीले अनलाइनखबरसँग भने ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।