मन्त्री बस्नेत भन्छन् – बेथिति हटाउन जोखिम मोलेको छु सबैको साथ चाहियो
स्वास्थ्यतथा जनसंख्यामन्त्रीमोहनबहादुर बस्नेतले मन्त्रालयमानातावादको आधारमाकाजमाकर्मचारी बसाउने तथामन्त्रीको सिफारिसमा डाक्टरको सरुवा गर्ने परम्परा प्रमुख बेथिति रुममा रहेको बताएका छन् ।
राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथिमन्त्रालयगत रुपमाभएको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बोधनगर्दै मन्त्री बस्नेतले स्वास्थ्यमन्त्रालयमामात्रै हाल ८०० जनाकाजमाकर्मचारी नातावादको आधारमा लगेर राखिएको स्पस्ट पारे ।
उनले भने, ‘मन्त्रालगमा गएपछि यो समस्यालाई गम्भीरताको साथ देखे,स्वास्थ्यमन्त्रालयमा ८०० जना मान्छे त काजमा बसेका छन् ।म जस्तै मन्त्रीहरुले राख्याहुन् । त्यसमाअन्यकर्मचारीले पनिच्याँखे हानेका होलान् तर, नेतृत्वहामी जस्ताले नै गरेको हो ।’
उनले पावरको आधारमागरिने कर्मचारीको सरुवा र काजमाकर्मचारी राख्ने प्रवृति ठूलो समस्याका रुपमा रहेको भन्दै कडा कदमनचाले स्वास्थ्यमन्त्रालय सुधार गर्न नसक्ने बताए । स्वास्थ्यमन्त्रालयमा देखिएको बेथितिअन्त्यकालागिआफूले जोखिम उठाएर कार्य गरिरहेको भन्दै उनले त्यसकोलागि सहयोगको पनिअपीलपनिगरे ।
पावर र पहुँचको आधारमा स्वास्थ्यकर्मी नियुक्ति र डाक्टर सरुवा गर्ने बेथितिको कारण दुर्गममाआवश्यक दरबन्दीअनुसार पनि डाक्टर उपलब्धनहुने र राजधानीमाभने दरबन्दीभन्दा बढी डाक्टर बस्ने गरेको प्रवृतिबताउँदै मन्त्री बस्नेतले त्यसको अन्त्यको लागिआफूले पहल गरेको बताए ।
उनले भने ‘यो बेथितिलाई हटाउनको लागि मैले अत्यन्तै जोखिमको साथकदम उठाएको छु । त्यो मात्रै होईन बेथितिसंग कर्मचारी नियुक्ति गरेर पठाएको ठाउँमा कर्मचारी नगएका कारण यहीवर्ष १० महिनादेखि कर्मचारीले खाननपाएको तलव, मेरो पहलमा ९५ करोड ल्याएर तलवखुवाए । यहिअवस्था रहने हो भने अर्को चोटी तिनलाई डेढ अरब तलवको लागि चाहिन्छ,राज्यले धान्न सक्छ?’
मन्त्रीबस्नेतले मन्त्रालयको बेथितिको अन्त्यकालागिपहलकदम उठाउँदा सचिवालयमाधम्की समेत आउनथालेकोदावीसमेत गरे ।