सांसद श्रेष्ठको सरकारलाई चुनौति : कसरी सदन चल्दो रैछ हामी पनि हेर्छौ
सांसद भैरव सुन्दर श्रेष्ठले, अर्थमन्त्रीले बजेटबारे दिएको जवाफमा चरम अन्तुष्टि पोखेका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीप्रकाश शरण महतले दिएको जवाफमा असन्तुष्टि जनाएकाएमाले सांसद श्रेष्ठले, यस्तै पाराले सदनचल्ननसक्ने चेतावनीदिए ।
‘हामी सत्तापक्षका बसेर जे गरे पनि हुन्छ भन्ने अर्थमन्त्रीज्यूलाई लागेको हो भने आगामीदिनमा सदन कसरी चल्दो रैछ त्यो पनिहामी हेर्छौं । ’उनले भने ।
कुल बजेटको झण्डै ५ प्रतिशत रकमहोल्ड गरेर राखिएकोप्रतिउनको असन्तुष्टि छ ।
उनले भने ‘अर्थमन्त्रीज्यूले बजेटको अभावको कारणले गर्दा दिन सकेनौं भन्नु भयो। तर बजेटको विभिन्न ठाउँमा हेर्दा विविध७६ अर्ब रुपैयाँ ६९ करोड ८१ लाखविनियोजन गरिएको देखिन्छ । यति ठुलो रकमकरिब कुल बजेटको ५ प्रतिशतकिनविनियोजनगरेर राखियो । अवन्डा गरेर ।अपारदर्शी ढंगले बजेट नराखियोस् । बजेट हरेकमन्त्रालयमादिनुहोस् ।