५३ खर्ब ८१ अर्ब जीडीपी अनुमान गरिएको वर्ष अर्थतन्त्रमा के–के भए ?
आर्थिक वर्ष २०८०-०८१ सुरु भएको छ । सोमबारदेखि एउटा आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्ष सुरुमात्र भएको छैन, एउटा दशक पूरा भएर अर्को दशकको सुरुवातसमेत भएको छ । यही आर्थिक वर्ष २०८१-८२ बाट १६ औं पञ्चवर्षीय योजनाको सुरुवात समेत हुँदैछ ।
१५औं पञ्चवर्षीय योजना समाप्त हुँदैगर्दा आर्थिक वर्ष २०७९-८० मा मुलुकको वित्तीय स्थिति, के कस्ता सूचक सकारात्मक रहे र के कस्ता सूचक नेगेटिभ (कमजोर) रहे भन्ने सामान्य लेखाजोखा गर्ने प्रयत्न गरेका छौं
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्ष मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.१६ प्रतिशतले वृद्धि हुँदै ५३ खर्ब ८१ अर्ब हाराहारी हुने प्रक्षेपण गरिसकेको छ ।
रुस–युक्रेन युद्धको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्दा यो वर्ष निकै कष्टकर बन्न पुग्यो । तर अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएपछि मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) बचतमा छ । तर, आन्तरिक अर्थतन्त्रमा भने अझै दबाब कायमै छ ।