प्रधानमन्त्री प्रचण्डलाई कसरी ठगे खनालले ?
प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने राजेन्द्रप्रसाद खनालको संस्थाको सल्लाहकारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम रहेको भेटिएको छ ।खनाल अध्यक्ष रहेको अमरदीप सोसियल अर्गनाइजेसनको लेटरहेडमा संरक्षकमा ‘अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड)’ राखेको पाइएको हो । संस्थाको अध्यक्ष खनाल छन् भने वरिष्ठ उपाध्यक्षमा आनन्दराज खनाल, उपाध्यक्ष लक्ष्मीनाथ झा, महासचिव सुमन पुडासैनी, सचिव रामप्रसाद भट्टराई, सहसचिव दीपक पाण्डे, कोषाध्यक्ष प्रतिमा सैजु र सदस्यहरूमा रोजिना सुवेदी र विशाल खनाल छन् ।
उक्त संस्थाको कार्यक्रम संयोजन संयोजकमा छिरिङ दोर्जे लामा (पाख्रिन), कार्यक्रम संयोजक मेघबहादुर तामाङ, अनुगमन तथा जनपरिचालन संयोजकमा रकमबहादुर लोप्चन तामाङ छन् । यस्तै संयोजकहरू दीपेन्द्र सेन (सञ्चार), मुकुन्द लुइँटेल (आइटी), अर्जुनप्रसाद अधिकारी (अर्थ), शम्भु प्रसाद रेग्मी (युवा) र राहुल महत (अनुसन्धान) छन् ।
‘राष्ट्रियता, राष्ट्र सुसंस्कृत समाजको पहिचान, भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान’ भन्ने नारा राखिएको लेटरहेडमा केन्द्रीय कार्यालय काठमाडौँ रहेको उल्लेख छ ।