राष्ट्रपति रामचन्द्र पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी
राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि मंगलवार शहीदगंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमाभर्ना भएका राष्ट्रपति पौडेललाई एक दिनको उपचारपछि आज डिस्चार्ज गर्न लागिएको हो ।
पौडेल नियमित स्वास्थ्य परिक्षणको क्रममाशहीदगंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमागएको रउनलाई अस्पतालले २४घण्टा निगरानीमा राखेपछि आजै घर पठाउने तयारी रहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्र मणि अधिकारीले जाानकारी दिए ।
अस्पतालले पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिदै जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति नियमित स्वास्थ्य परिक्षणको क्रममा अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकको सल्लाहमा २४ घण्टा अवलोकनमा राखेपछि उहाँलाई भोलिसम्म डिस्चार्ज गर्ने तयारी छ ।अहिले उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको छ ।’