तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ग१क ५४६६ नम्बरको टिपर तीव्र गतिमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठको उपचारका क्रममा पोखरास्थित सैनिक अस्पतालमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।