रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन, व्यवस्थापकीय तयारी अन्तिम चरणमा
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत हुने बन्दसत्र व्यवस्थापकीय तयारी पूरा गर्न समय लागेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।
महाधिवेशन स्थलबाट सांसद रन्जु दर्शना ले प्रतिनिधिहरूको नामावली प्रमाणीकरण तथा अन्य व्यवस्थापकीय काम जारी रहेकाले बन्दसत्र केही ढिलो भएको जानकारी दिएकी छन्। उनका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ र बन्दसत्र छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।
पार्टीका नेताहरूका अनुसार देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको विवरण व्यवस्थापन र प्रमाणीकरणको काम बाँकी रहेकाले कार्यक्रम केही समय पछाडि सारिएको हो।
बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन, संगठनात्मक संरचना, विधान संशोधन तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।