राष्ट्रपति पौडेलको, स्वास्थ्यमा सुधार हुँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गईरहेको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भईरहेको छ । ७९ बर्षीय पौडेल सारै कमजोरी महसुस गरेपछि अस्पताल भर्ना गर्नु परेको राष्ट्रपति कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।