प्रतिनिधि सभामा आज प्रधानमन्त्री दाहालले जवाफ दिदै
संघीय संसद अन्र्तगतप्रतिनिधि सभाको बैठक आजबिहान ११ बजे बस्दै छ ।
शुक्रवार संघीय संसद भवननयाँबानेश्वरमा बस्न लागेको बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफदिने कार्यसूचिनिर्धारण भएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।
बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल आजपनिजारी रहनुका साथै सांसदहरुले विभिन्नमन्त्रालयले विभिन्नशिर्षकमागर्दै आएको खर्च कटौतिगर्न प्रस्तावहरु पेस गर्नेछन् ।
जारी विज्ञप्ति अनुसार, शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० अन्र्तगतएमाले सांसद योगेश कुमार भट्टराई र आमजनता पार्टीका सांसद प्रभु साहले संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्रालयअन्र्तगतशिर्षकको खर्च रकम घटाई एक रुपैँयाकायमगर्न प्रस्ताव पेस गर्ने, डाक्टर अमरेश कुमार सिंह,सराजअहमदफारुकी, सुमनाश्रेष्ठ,प्रेम सुवाललगायतका सांसदहरुले गृह मन्त्रालयको खर्च कटौतिगर्न सदनमा प्रस्ताव पेस गर्ने लगायतकाविभिन्न १० वटा कार्यसूचीरहेको छ ।