राजनीतिको सामाजिकीकरण आवश्यक छ : कांग्रेस नेता निधी
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले राजनीतिको सामाजिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा उनले राजनीतिलाईसामाजिकीकरणगरेर समाज विकाससंग नजोडेसम्म देशकोविकास र संमृद्धि हासिल नहुने तर्क गरे ।
‘राजनीतिको सामाजिकीरण धेरै आवश्यक छ । राजनीतिलाई जब सामाजीकीरण गरीदैन् तबसम्म संविधान र प्रणाली ल्याएर पनि देशको विकास र समृद्धि हुँदैन् ।’ उनले भने, ‘राजनीतिलाई राजनीतिको सिमा भित्र मात्र बिर्को लगाएर राखेर मात्र हुँदैन् । राजनीतिलाई सामाजिकीरणमा जोड्नुपर्दछ ।’
उनले सामाजीक सेवालाई मानवीकिकरण गर्नुपर्ने धारणा राखे । पदमा मात्र बसेर नेता नहुने भन्दै वीपि कोईरालाको जस्तो विचार हुनुपर्ने टिप्पणी गरे ।