यसपटकको भारत भ्रमण धेरै अर्थमा सफल भएको प्रधानमन्त्री दाहालको दावी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको भारत भ्रमण धेरै अर्थमा सफल भएको दावी गरेका छन् ।
आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नको बारेमा प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भारतसंग यसपटक तुलनात्मकरुपमा पनि धेरै राम्रो सम्झौता र सहमति भएको बताए ।
उनले भने ‘ कुनै पनि तथ्य र तर्कलाई सहज र सीधा कुरालाई कसैले पनि घुमाउने कोशिस नगर्नुहोला भन्ने मेरो अनुरोध छ । यो पटकको भारत भ्रमण सफल मात्र हैन् तुलनात्मक पनि भयो । यो भ्रमण एक अर्कोलाई घोचपेच गर्ने, एक अर्कोलाई कमजोर देखाउने उद्देश्यले भन्दा कामकाजको बारेमा आर्थिक उर्जा पर्यटनमा,सीमा ट्रेड ट्रान्जिट सम्बन्धि सन्धि जस्ता विषयमा धेरै भएको छ ।