फेरि बढ्यो सुनको मुल्य
काठमाडौ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार सुन र चाँदीको भाउ स्थिर थियो ।