मौलिक बाजाहरुको संरक्षण गर्न ठाकुराबाबा नगरपालिकाद्वारा विद्यार्थीलाई प्रशिक्षण
काठमाडौं । बर्दियाका ठाकुरबाबानगरपालिकाले मौलिकबाजाहरुको संरक्षण गर्दै संस्कृतिको जगेर्ना गर्ने कार्यमा विद्यार्थीहरुलाई सहभागी गराएको छ ।
नगरपालिकाकाले सञ्चालन गरेको तालिममाविद्यार्थीहरु अहले पञ्चेबाजालगायतकाबाजाबजाउने तालिमलिदै आएका छन् ।
ठाकुरबाबानगरपालिकाले सञ्चालन गरेको तालिममाकक्षा७ ,८, ९ र १० मा अध्ययनरत ४ वटा विद्यालयका १४ विद्यार्थी सहभागी रहेका छन् । जसमा चार जना छात्रा र १० जना छात्र सहभागीभएका छन् । पढाईको लागि असर नपर्ने गरी बिहान र साँझको समयमाउनीहरुलाई तालिमदिने व्यवस्था गरिएको छ ।
आधारभूतपञ्चेबाजातालिममाविद्यार्थीहरुले राष्ट्रिय धुन,मंगलधुन, ख्यालीभाका र झ्याउरे भाकाबजाउन सक्ने भएको संस्कृतिकर्मी खगेन्द्र नेपालले बताए । आजकालपूजाआजा, विवाहलगायतशुभकार्यमा पश्चिमाबाजाबज्ने गरेको भन्दै उनले भने ‘यसलाई विस्थापित गर्न लोकबाजाको संरक्षण गर्न आवश्यकभएकोले बालाबलिकालाई तालिमदिइएको हो । उनीहरु व्यवसायिक रुपमापनिबाजाबजाउने कार्यमा अगाडि बढ्न सक्ने छन् । ’