संसदमा नागरिकता विधेयक र प्रधानमन्त्रीको भ्रमणबारे पहिला छलफल गराउन राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकताविधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमाप्रतिनिधि सभामा छलफल गराउनमागगर्दै स्थगन प्रस्तावदर्ता गराएको छ ।
अत्यन्त जरुरी सार्वजनिकमहत्वको विषयमाथि छलफल गर्न राप्रपाकाप्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र ) तर्फबाट प्रस्ताव पेश गरिएको हो ।
राप्रपाले यीदुईविषयमा छलफल नगरी वैठक सुरु हुननदिने बताएको छ । उस्ले निर्धारित सबै कार्यक्रम स्थगित गरेर नागरिकताविधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल गराउन स्थगन प्रस्तावदर्ता गराएको हो ।
तर प्रतिनिधि सभाका सभामुखले नियमअनुकूलभएनभएको हेरेर यस्तो प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्नुपर्ने र त्यस्तो जानकारी प्रस्तावक सदस्यलाई दिनुपर्ने व्यवस्था छ। यस्तै सभामुखले त्यसरी सांसदले उठाएको विषयमाकुनै सदस्यवा मन्त्रीबाट जानकारीसमेत लिन सक्ने व्यवस्था छ।
संसदको बैठक तय भएको दिनको दुई घन्टाअघि संसद सचिवालयलाई यस्तो सूचनादिनुपर्ने प्रावधानप्रतिनिधि सभाको नियमावलीमाव्यवस्थागरिएको छ ।