नेतृत्वमा भएकाहरुले जनताको हरेक सवालको जवाफ दिनु पर्छ :महासचिव पुन
नेकपामाओवादी केन्द्रकामहासचिववर्षमानपुनले सरकारी निकायको नेतृत्वमाभएकाहरुले जनताको हरेक सवालकाजवाफदिनुपर्ने बताएकाछन्।
बुधवार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्धतथा पर्यटन समिति बैठकमा महासचिवपुनलेसरकारी सेवाप्रवाहमाभएका समस्याबारे जनतासँग संवाद गर्नुपर्ने प्रजातान्त्रिकव्यवस्थामाअनिवार्य पक्षभएको तर्क गरे।
उनले भने, ‘सरकार र सरकारी निकायको नेतृत्वमाभएकाहरुले जनताका हरेक सवालकाजवाफ दिनुपर्छ।सरकारी निकायकापनि समस्या र सीमितता हुन्छन्। यो संसारभरकै सरकारका हकमालागू हुन्छ। सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ। तर, सरकारी सेवाप्रवाहमाभएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामाअनिवार्य पक्षहो।’
महासचिवपुनले काममा ढिलाई हुँदावा सेवाप्रवाहप्रभावकारी नहुँदा सेवाग्राहीमामन्त्री र सचिवले पक्कै पनिचलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास भएको टिप्पणी गरे ।