नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र आवश्यक नरहेको प्रेम सुवालको जिकिर
नेपालमजदुर किसान पार्टीका सांसद प्रेस सुवालले सरकारको सुशासनकायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामामात्रसीमित भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुत्त mनभएको भन्दै सुशासनकायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामामात्रसीमित रहेको बताए।
उनले प्रधानमन्त्रीले पार्टीको नेताहरुसँग बैठक नराखेर आएको निर्देशनमात्रपालना गर्न बसेको भन्दै आपत्तिजनाए ।
उनले भने,सुशासनकायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामामात्रसीमितहो ? सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुत्त mनभएको जनताको गुनासो छ । प्रधानमन्त्रीले खासै पार्टीको बैठक राख्नु भएको छैन् । उहाँकतैबाट आएको निर्देशनमात्रपालना गर्ने भनेर मात्र बस्नुभएको जस्तो छ ।पार्टीको पनि बैठक राख्नुपर्छ । ’
सांसद सुवालले राष्ट्रिय परिचयपत्रआवश्यक नरहेको भन्दै त्यसमाभएको अरबौं रकम कटौती गर्नु पर्ने टिप्पणी गरे ।
उनले भने,‘राष्ट्रिय परिचयपत्रकिन?नागरिकता छ त अरु परिचयपत्र धेरै छ । गृह मन्त्रालीलाई यस्तो वुद्धि कहाँबाट आयो ?अरब खर्च हुने गरि।’
रक्षामन्त्रालयमादेशको सीमा सुरक्षा नेपाली सेनालाई दिनुपर्ने उनको भनाई छ ।
सीमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाईऔद्योगिकक्षेत्रमा राखिएकोमाआपत्तिजनाउदै उनले भने,‘सिमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाई गृह मन्त्रालयले काठमाडौं उपत्यकाको औधोगिक क्षेत्रहरुमा राख्नु उचितहो र ? सीमानामिचिदै छ । शहरको बीचमा सुरक्षाकर्मी ?। ’