प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि सरेको छ ।
आईतवार प्रतिपक्ष दलहरुको अवरोधपछि एक घण्टाको लागि स्थगित भएको बैठक भोलिका लागि सरेको हो ।
संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे पुःन बैठक बस्ने जानकारी दिएका छन् ।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रतिपक्ष दलहरुको अडान छ।