१७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ घटेको छ ।
सुना तोलामा १ हजार ७०० रुपैयाँ घटेको महासंघले जनाएको छ । यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।