शिक्षक संघ संगठनमा नरहने शिक्षकहरुको सामूहिक निर्णय
काठमाडौं । बर्दियाकोगुलरिया नगरपालिकाको धु्रवमाध्यमिकविद्यालयकाशिक्षकहरुले राजनीतिक दल निकटका शिक्षक संघ ÷संगठनको सदस्यतानविकरण नगर्ने सामुहिक निर्णय गरेका छन् ।
राजनीतिक दल निकट शिक्षक संघ ÷संगठनका कार्यक्रममा सहभागीहुँदा पठन पाठन मै समस्याआउने भएपछि शिक्षकहरुले नेपालशिक्षकमहासंघ बाहेक अन्य राजनीतिक दल निकटकासंगठनको सदस्यतानविकरण नगर्ने निर्णय गरेको शिक्षकरचना ज्ञवालीले बताइन् ।
कुनै पनि दल निकट संघसंगठनको सदस्यतानलिने शिक्षकहरुबीच सहमति भएपछि उक्त निर्णय गरीएको विद्यालयकाप्रधानाध्यपकपिताम्बर पोख्रेलले बताएका छन् । उनले यस निर्णयबाट सबै शिक्षकहरुमाएकरुपताहुने र दलीयभिन्नतानहुने हुँदा सबैमा पठनपाठनमा उत्साहजाग्नेबताए ।