सरकार स्वच्छ उर्जा प्रर्वदनका लागि प्रतिवद्ध रहेको प्रधानमन्त्रीको जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकार स्वच्छ उर्जाको प्रर्वदनका लागि प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभामा सांसद अम्बर बहादुर रायमाझीले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिले पनि बर्षायाममा विद्यूत उर्जा बढी भएको तर हिउँदमा अर्कै अवस्था रहेको भन्दै विस्तारै सरकारले पेट्रोलियम पदार्थ विस्थापनको नीति लिएको बताए । उनले भने ‘हाल देशमा हाइड्रोपावर सोलार वायो ग्यास जस्ता स्वच्छ उर्जा मार्फत विद्युत उत्पादन भइहेको छ । देशमा बर्षा याममा विद्युत उर्जाको माग भन्दा आपूर्ति बढी भईरहेको अवस्था पनि छ । देशमा विद्युतीय र पेट्रोलियम दुबै उर्जाको प्रयोग भइरहेको छ । विद्युतको प्रयोग बढाउँदै लाने र पेट्रोलियम पदार्थको प्रयोग क्रमश विस्थापित गर्ने सरकारको नीति रहेको स्पष्ट पार्न चाहन्छु ।’
सांसद अम्बर बहादुर रायमाझीले प्रधानमन्त्रीलाई स्वच्छ उर्जालाई प्रोत्साहन गर्नु भन्दा भारतबाट पेट्रोलियम पदार्थ ल्याउन पहल गरेको भन्दै सरकारको नीतिबारे प्रश्न सोधेका थिए ।