राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालेविशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयकाले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।