आफुले न्याय नपाए अदालतप्रतिको आम जनताको भरोसा टुट्छ : प्रेम चलाउने
त्रिभुवनविश्वविद्यालयकाउपप्राध्यापक प्रेमचलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निणर्यविरुद्ध जिल्लाअदालत, काठमाडौंबाहिर प्रदर्शन भएको छ ।
बृहतनागरिक आन्दोलनको ब्यानरमाभएको प्रदर्शनमासहभागीहरुले ‘विश्वविद्यालयमाहुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराएकहाँजाने ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रद्धर्शन गरेका हुन् ।
उक्तप्रदर्शनमा सहभागीउपप्राध्यापकचलाउनेले आफुले न्यायनपाएअदालप्रतिको आमजनताको भरोसा टुट्ने बताए ।
उनले भने ‘ विचाराधीन मुद्दालाई अदालतबाटै निणर्य हुनदिनु पथ्र्यौ । यो त शक्तिको आडमा सीधा सीधा मुद्दाफिर्ता लिएर अप्रत्यक्ष रुपमाअदालतमाथि हस्तक्षेप गरेको हो । सरकारले यो मुद्दातुरुन्तै फिर्ता लिनु पर्छ । मलाईन्यायदिनु पर्छ । मैले न्यायपाईन भने अदालतप्रतिको भरोसा टुट्छ ।
उपप्राध्यापक प्रेमचलाउनेमाथि २० असोज २०७७मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेबि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्लाअदालत, काठमाडौंमाविचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निणर्य गरेपछि चलाउनेले सोमबारदेखि अनशन सुरु गरेका छन् ।