वित्तीय संघीयताप्रति सरकार प्रतिवद्ध छ : अर्थ मन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले सरकार वित्तीय संघीयताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगतरुपमा उठेका प्रश्नको जवाफ दिँदै उनले आगामी दिनमा स्थानीय तह र प्रदेशलाई थप स्रोत सम्पन्न गर्ने कुरामा सरकार गम्भिर भएर लाग्ने उनले बताए ।
‘वित्तीय संघियताप्रति हामी प्रतिवद्ध छौं । स्थानीय र प्रदेशलाई बजेट विनीयोजन गर्ने कर आयोगले निर्धारण गर्छ । आउने दिनमा अझै स्थानीयनिकाय र प्रदेशलाई स्रोत सम्पन्न गर्नेप्रति हामी गम्भिर छौं ।’ उनले भने ‘भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा प्रतिवद्धता हो । कुनै पनि खाले इमान्दारितामा कर्तव्य निष्ठतामा सम्झौता गर्ने कुरा हामी कसैले पनि सहनु हुन्न भन्ने मान्यतालाई सरकारले र अर्थमन्त्रालयले गम्भिरतापूर्वक लिएको छ ।