सिटीले च्याम्पियन्स लिगको उपाधि
काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधिजितेको छ ।
स्तानबुलमाशनिबार रातिभएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै सिटीले पहिलो पटक उपाधिजितेको हो ।
सिटीलाई जितदिलाउन रोड्रीले खेलको ६८ औं मिनेटमा गरेको गोल नै निर्णायकभयो ।
यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजनतीनवटा उपाधिहातपारेको छ ।
यसअघि सिटीले प्रिमियर लिग र एफएकपको उपाधिपनिजितेको थियो ।
सिटी ट्रेबल उपाधिजित्ने दोस्रो प्रिमियर लिगक्लबहो ।
यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धिहासिलगरिसकेको छ ।
योसंगै ग्वार्डीओलातीनच्याम्पियन्स लिगजित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् ।
यस अघि कार्लो एन्सोलोटी र जिनेदानजिदानले तीनच्याम्पियन्स लिगजिताएका छन्