नागरिकता विधेयकलाई लिएर रास्वपाको पनि विरोध : विधेयक फिर्ता लिन चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले, सरकारले ल्याएको नागरिकता विधेयकको चर्को विरोध गरेको छ ।
आइतबारको संसद बैठकमा रास्वपाका सांसद सन्तोष परियारले, नागरिकताको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि जुन विधि र प्रक्रिया अपनाइयो यो आपत्ति जनक छ भन्दै विरोध गरेका हुन् । उनले कुनेपनि हालतमा नागरिकताको विधेयकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार नगर्ने प्रष्ट पारे । ‘यो राजनीतिक विषय हो । यो नेपालको सुरक्षासंग जोडिएको विषय हो । यो मानवअधिकारसंग जोडिएको विषय हो र संगसंगै यो भूराजनीतिक विषय पनि हो ।’ उनले भने ‘गम्भिर विषयमा संसदमा खास समयमा छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने र अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन यसर्थ हामी गम्भिर भएर भन्न चाहान्छौं सरकारले यो रोकोस । ’
नागरिकताविहीन नेपालीलाई नागरिकता दिलाउने विषयमा रास्वपाले सडक र सदनबाट समेतबाट समेत पहल गर्ने तर विधेयकबाट गलत नियतका साथ नागरिकता बाड्ने योजनालाई सर्मथन नगर्ने उनको भनाई छ ।