राजसंस्था पुर्नस्थापनाको मागसहित सत्याग्रह संयोजक समितिद्वारा आन्दोलनको घोषणा
काठमाडौं । सत्याग्रह संयोजक समितिले आगामी जेठ २३ गतेदेखि आन्दोलन सुरू गर्ने भएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले२०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यको माग गर्दै २३ गतेदेखि माईतीघर मण्डलामा आन्दोलन सुरूवात गर्ने जानकारी दिएको हो।
सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको टिप्पणी गरे । ।
आफूहरु आन्दोलनको नाममा कुनै नेपालीको रगत नबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनको तर्क छ ।
उनले भने ‘अबको यो सत्याग्रहबाट हामी जनताले राजालाई गुहार्नका लागि हामी जान लागेका छौं । तर, हामी आन्दोलन चाहँदैनौं । हामी जनताको रगत बगोस् भन्ने चाहँदैनौं । हामीबीचमा गृहयुद्ध भयो भने विदेशीले सत्ता कब्जा गर्नसक्छ । त्यसैले हामीले सत्याग्रहको बाटो रोजेका छौं, ।
समितिले सत्याग्रहमा सहभागी हुनका लागि संघ÷संस्थाहरुले आफ्नो व्यानरसहित कार्यक्रममा सहभागी हुनसक्ने समेत जानकारी गराएको छ ।