नागरिकता विधेयकमा नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र देखायो : योगेश भट्टराई
काठमाडौं । नेकपाएमालेका सांसद योगेश भट्टराईले नागरिकताविधेयकमा नेकपामाओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले नागरिकता जस्तो संवेदनशीलविषयमामाओवादी केन्द्रले खेलवाड गरेको पनिबताए । उनले संसदको विशेष अधिकार हननगर्नेलाई कारवाहीगर्न या नगर्ने भन्दै प्रधानमन्त्रीलाई विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार कस्ले दियो भन्ने प्रश्न गरे ।
उनले भने ‘ सत्तापक्ष नेकपामाओवादीकामाननीयज्यूहरुलाई म सम्झन चाहन्छु,तपाईहरुको प्रस्ताव त १५ वर्ष थियो नि? १५ वर्ष राख्नु पर्छ भनेको हैन् । हामीले ७वर्ष राख्दा यो त राष्ट्रघात हुन्छ भनेको हैन् । १५ वर्ष राख्नुपर्छ भन्ने आज लसुक्कत्यो विधेयकमाआएर समर्थन जनाउने यो दोहोरो चरित्र नेपालीजनताले बुझ्नु पर्छ । नागरिकता जस्तो संवेदनशीलविषयमा धेरै खेलवाड नहोस । प्रधानमन्त्रीजियहि हुनुहुन्छ । प्रधानमन्त्रीज्यूले आफुसंग नभएको अधिकार विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार कस्ले दियो ? राष्ट्रपतिलाई गैर संवैधानिककामगर्न उक्साउने, संविधानमिच्नेदुत्साहस गर्ने यो सब संसदको विषेश अधिकार हननभयो भनेर विशेष अधिकार हनन समितिबनाएर संसदको विषेश अधिकार हननगर्ने माथिपनि कारवाहीहुन सक्छ । ’