बाढी पहिरो पीडितको उद्धार एवं राहतका लागि सरकार गम्भीर : मन्त्री किराँती
काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पूर्वी नेपालमा गएका बाढी पहिरो पीडितको उद्धार एवं राहतको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित टिकटक प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री किराँतीले बाढी पहिरो पीडितको बारेमा सरकार गम्भीर रहेको बताए ।
उनले भने, पूर्वी नेपालमा बाढि पहिरोमा परेका धेरै नेपाली नागरिकले ज्यान गुमाएका छन् । त्यसैले यथाशीघ्र राज्यको तर्फबाट राहत उद्धारको कार्य हुनै पर्छ । त्यसको लागि सरकारले आवश्यक कार्य अघि बढाइसकेको छ । ’
मन्त्री किराँतीले सरकारले देशमा सृजनशील युवारुलाई काम दिन नसकेको पनि गुनासो गरे । ंदेशको आर्थिक विकासमा पर्यटन एउटा सबै भन्दा ठूलो खम्बा भएको उनको भनाइथियो ।