नेपालको सीमानाको रक्षाको जिम्मा नेपाली सेनालाई दिन ढिलाई गर्न नुहने : सांसद महासेठ
नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद महासेठले पहिला पनि सेनाको नेतृत्वमा सीमाको रेखेदख हुँदा सुुरक्षित रहेकोले अब पनि सेना खटाउने विषयमा विचार पुर्याउन आवश्यक भएको बताए ।
उनले भने ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कणर्ेलको नेतृत्वमा सीमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’
छिमेकी देशले मुलुकको सीमाना दिनप्रतिदिन मिचिरहेको भन्दै नापीका हाकिमहरुलाई समेत थाहा नभएको उनको गुनासो थियो ।
सांसद महासेठले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनु सरकारलाई आग्रह गरेका छन् ।