सांसद भट्टराईको प्रश्न : मुलुकको जमिन साट्ने अधिकार प्रधानमन्त्रीलाई कस्ले दियो ?
काठमाडौं । प्रमुखप्रतिपक्षीदलनेकपाएमालेका नेता योगेश भट्टराईले मुलुकको जमिन साट्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमणको बारेमा नेकपाएमालेको तर्फबाट धारणा राख्दै सांसद भट्टराईले लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेशको बाटो माग्ने अधिकार प्रधानमन्त्रीदाहाललाई कस्ले दियो भन्ने प्रश्न गरे ।
उनले भने ‘ बंगलादेशसंगको फुलबारी नाकाको बाटो तत्कालीनभारतीयप्रधानमन्त्रीआइके गुजरालआउँदा सहमतिभइसकेको छ, कालापानीदिएर बंगलादेशसंगको बाटो लिने कुरा कहाँबाट आयो ?, प्रधानमन्त्रीलाई कस्ले कालापानी साट्ने अधिकार दियो । भारतसंग अहिले भएका धेरै सहमति नेकपाएमाले सरकार हुँदाभएकाहुन्, नयाँ के छ अहिले ?