संघीयता र धार्मिक स्वतन्त्रताका लागि राज्य सधैं गम्भीर : मन्त्री आचार्य
काठमाडौं । महिला, बालबालिकातथाजेष्ठ नागरिकमन्त्रीसुरेन्द्र राजआचार्यले संघीयता र धार्मिक स्वतन्त्रताकालागि राज्य सधैंगम्भीर रहेको बताएका छन् ।
लोकतन्त्रमामानवअधिकार र धर्म तथाआस्थाको स्वतन्त्रताकार्यशालागोष्ठीमा मन्त्रीआचार्यलेसंघीय लोकतान्त्रिक गणतन्त्रकोमुख्यउपलब्धि संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिता समाजरहेको भन्दै यसलाई अझसुदृढ गर्न सरकार गम्भीर भएको बताए ।
उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको बहुलवादमाआधारित लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशितामुख्यउपलब्धिको रुपमा रहेका छन् । राज्यको कुनै धर्म हुदैँन्, सबैले आफ्नो आस्थालाई राख्ने, धार्मिक स्वतन्त्रताकालागि राज्य सधैँ गम्भीर छ । ’
मन्त्रीआचार्यलेलामो संघर्ष र जनआन्दोलनको जगमा संविधान सभाको माध्यमबाटजारी भएको नयाँसंविधान नेपाली समाजमा रहेको जातीय, क्षेत्रीय, लैङ्गिक, भौगोलिक, उत्पीडनमा परेको समुदायलाई अधिकार सम्पन्नबनाउने कार्य गरेको पनिउल्लेख गरेका छन् ।
उनले समाजमाधर्म र समानहकअधिकारको कुरामासबैलाई सचेत हुनआग्रहगर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझबलियो बनाउनसबै सचेत बन्नु पर्ने बताए ।