सरकारले भाषिक विभेद गरेको सांसद अनिता देविको आरोप
काठमाडौं । सांसद अनिता देविले मधेशमा बोलिने भाषालाई सरकारले विभेद गरेको आरोप लगाएकी छिन् ।
विहीबार प्रतिनीधि सभा महिला तथा समाजिक मामिला समितिसंग मधेशी आयोगको तेस्रो छलफलमा उनले सांसदहरुले मधेशी भाषामा सपथ लिने तर आफुहरुको भाषा सुचिकृत गर्न सरकारले वेवास्ता गरेको आरोप लगाइन् ।
‘यस पाली लुम्बिनी प्रदेश र मधेस प्रदेशमा सांसदहरुले सपथ लिएका छन् । अहिले सम्म मधेशी भाषाको सुचिकृत हुन सकेको छैन् । यसबारे के कती पहल भईरहेको छ । हामीले मधेशी भाषामा सपथ लिए देखि नै हाम्रो लुम्बिनीमा हाम्रो प्रदेशको विभिन्न जिल्लाहरुमा त्यसलाई स्वागत गर्दै सुचिकृत हुनु पर्छ भनेर आवाज उठाईयो । त्यसैले यसलाई सुचिकृत हुन पर्छ ।’
अर्को प्रसंगमा उनले सरकारसंग किसानका मागहरु सम्बोधन त भयो तर कृषि समानहरु मलहरु कहिले पाउने? भन्दै प्रश्न समेत गरेकी छन् ।
किसानले आफुले पाउनु पर्ने अधिकार समेत नपाएको उनको भनाई छ । उनले मधेश प्रदेशमा हिंसात्मक कार्य धेरै बढ्दै गएको बताएकी छन् ।
विभिन्न दाईजो प्रथा,बलात्कार,हत्या जस्तो कार्य बढिरहेको र मधेशी दिदिबहीनी सुरक्षीत नभएको त्यसको लागि सरकारले पहल गर्नु पर्ने उनको भनाई छ ।
त्यस्तै समिति सभापति समेत रहेकी सांसद रोशन कार्कीले समितिमा उठेका विषयमा थप छलफल गर्ने बताइन् ।