बीएनए कप बास्केटबल : एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा
काठमाडौं । एचएचसीए र भ्यालीपब्लिक छैटौं बीएनएकपअन्तरविद्यालयबास्केटबल प्रतियोगिताको सिनियर गल्र्समाआइतबार सेमिफाइनलमाप्रवेश गरेका छन् ।
एचएचसीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ ले पराजितग¥यो । एचएचसीएकी पेमालामाले ७अंक योगदानगरिन् । अनिता गुरुङको ९ अंक सहयोगमाभ्यालीपब्लिकले काठमाडौं ग्लोबललाई २६–१५ ले हरायो ।
सिनियर गल्र्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१३ तथा फेरिल्यान्डले नेपालमोडेललाई १५–१० ले पाखालगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकीबविता घिमिरेले ८ तथा फेरिल्यान्डकी कृपान्यौपानेले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमाबीएनएले सिद्धार्थ मोडेललाई १९–१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले पन्छ्याउदै सेमिफाइनलयात्रा तय गरे । बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिककाअमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले ।
सिनियर ब्वाइजको थ्रीबाइथ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३, भ्यालीपब्लिकले ओडिसीलाई ९–६, एचएचसीएले पृथ्वीलाई ११–७ र इबीएले बीएनएलाई ११–८ ले निराशपार्दै सेमिफाइनलमा स्थानपक्का गरे ।