विद्युतीय सवारीमा कर बढाइएको छैन् : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्रीप्रकाशशरण महतले सरकारलेविद्युतीय सवारी साधानप्रयोगमानिरुत्साहनगर्ने नीतिलिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमाआयोजीतपत्रकार सम्मेलनमाउनले विद्युतीय सवारीमा कर बढाइएको भन्ने विषयमा सत्यतानभएको बताए । उनले भने ‘विद्युतीय सवारीलाई प्रमोट गर्ने नै हाम्रो उदेश्य हो । तपाईहरुले भनिरहनु भएको छ, विद्युतीय सवारी साधनमा कर बढाईयो निरुत्साहीत गराईयो भन्ने कुरा झुटो हो । त्यसमाकुनै सत्यता छैन् ।’
पेट्रोलियम सवारीको आयातको तुलनामाविद्युतीय सवारी साधानको प्रयोगलाई सहजबनाउन सरकार गम्भिर रहेको उनको तर्क छ ।
‘हामीले पेट्रोलियम प्रडक्टमा आधारित आयातनिर्यात छ । बसदेखि लिएर व्यक्तिगत गाडीहरुमा ३ सय सम्मको कर छ । तुलनात्मक रुपमा यो धेरै सस्तो छ । यो प्रमोटहुँदै जान्छ । ’