उपत्यकामा चल्ने सार्वजनिक सवारीमा ६ प्रतिशतले घट्यो भाडा
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमाभाडादर घटाएको छ।
आज(बिहीवार)बाट लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाईएको बागमती प्रदेश,श्रम रोजगार तथा यातायात मन्त्रालयका उप–सचिव शंकरराज पाठकले जानकारी दिए । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले हिजो बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार,काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९० प्रतिशतले गाडी भाडा घट्ने छ । यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र लामो दूरीको यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।
पौडेलले भने,‘भाडा घटाउने निर्णय अनुसार हिजै कानून मन्त्रालयमा पठाएका छौं, आजै राजपत्रमा समायोजन गरिएको कुरा प्रकाशित गर्ने तयारी छ ।’
पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि आजबाट लागु हुने गरि बागमती प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो।