२० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २० प्रहरी अधिकृतले दर्ज्यानी चिह्न लगाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय स्तरीय निर्णयबाट प्रशासन तथा प्राविधिकतर्फ बढुवा भएका २० जनालाई सोमबार नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्यानी चिह्न लगाउनेमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, बेलबहादुर पाण्डे रहेका छन्। विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन्। सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतलाई बधाइ दिँदै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई पूरा गर्न संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुन आग्रह गरे।
उनले संगठन बनाउने हकमा आन्तरिक शुद्धीकरणका साथै अझै उत्कृष्ट काम गर्न र नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न प्रहरी अधिकृतलाई सुझाव दिए।
कुँवरले संगठन बनाउने हकमा आन्तरिक शुद्धिकरणको साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुन आव्हान गर्दै नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न आग्रह समेत गरे ।