अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । अवैधलागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नागार्जुन नगरपालिका–१० स्युचाटार घर भएका ३७वर्षीय कृष्ण शाही रहेका छन् ।
काठमाडौंमहागनगरपालिका–१३ कालिमाटी तरकारी बजारमा काम गर्ने शाहीलाई अवैध लागूऔषधगाँजाकरिब ३ किलो ५ सय ग्रामसहितप्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममाथोरै मात्रामागाँजा फेलापारी थप सोधपुछ गर्दा उनको घरमा लुकाई राखेको उक्तगाँजा बरामद गरेको हो ।
यस सम्बन्धमाथप अनुसन्धानभईरहेको प्रहरीले बताएका छन् ।