संवैधानिक परिषद्को बैठक सोमबार साँझ बस्ने
काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ ।
परिषद्को बैठक सोमबार साँझ ६ बजेका लागि तय गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
भोलि बस्ने बैठकले प्रधानन्याधीश नियुक्त गर्ने सम्भावना छ । दलहरुबीच कुरा नमिल्दा र संवैधानिक परिषद्को वैठक बस्न नसक्दा लामो समयदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा रहेको छ ।
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।