पूर्व गृहमन्त्री खाँणको बयान जारी
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसंग बयान लिइहरेको छ ।
सोमबारबाटनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सुरु गरेको सरकारी वकिलको कार्यालयले आज पनि बयानलाई निरन्तरता दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्ट लगायतको उपस्थितिमा उनको बयान भइरहेको छ ।
आजै बयान सक्ने गरी तयारी गरिएको प्रहरीको भनाई छ ।