अर्थ समितिको बैठक ९ बजे बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक आज(आइतवार) बिहान ९ बजे सिंहदरवारमा बस्दैछ । बैठक समितिको हलमा बस्नेछ ।
बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारी सहभागि हुनेछन् । संसद सचिवालयका अनुसार बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुनेछ । त्यसबाहेक आगमी १५ जेठमा प्रस्तुतले हुने बजेटका सम्बन्धमा पनि छलफल हुनेछ ।