चार तिर फर्किएका नीतिविहीनहरुले देशलाई अस्थिरतातर्फ लगे : अध्यक्ष ओली
काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीओलीले नीतिनभएको सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमाआयोजितमिशनग्रासरुट अभियानअन्तर्गत सम्मानतथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै उनले एमालेलाई समाप्तगर्न खाजिएको आरोप लगाए । अध्यक्षओलीले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे ।
उनले भने ‘देशमा राजनीतिक स्थिरताको स्थिति छैन् । अस्थिरतातर्फ देश गएको छ । जानीबुझिकनपनिहामीमाथि केही कुराहरु जनतालाईअलमलाएर थोपरिए । जुन कुरालाई हामीले स्वीकार्न बाध्यभयौं । नीतिनभएकाचार तिर फर्किएकातत्वहरु मिलेर सरकार जनाउनु पर्ने अवस्था छ । त्यो भनेको देश नीतिहिनतामाजाने नै भयो । उनीहरुको भ्रष्टचारको पर्दाफास होलाभनेर एमालेले भ्रष्टाचार ग¥र्यो भने । ’
अध्यक्षओलीले वर्तमान सरकारलेनिकै नै लज्जास्पदकाम गरेको दावीगर्दै आफ्नो भ्रष्टाचार छोप्न एमालेलाई भ्रष्टचारीबनाएकोआरोप लगाए ।
आफ्नो बल र बुताकाएमाले निरन्तर अगाडि बढिरहने उनको भनाइछ ।उनले सबै संगठनले आफ्नो काम र कर्तव्य निर्वाह गर्न आवश्यकभएको पनिऔल्याए ।
चार तिर फर्किएका नीतिविहीनहरुले देशलाई अस्थिरतातर्फ लगे ः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नीति नभएको सरकारले देशलाई अस्थिरता तर्फ लगेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई समाप्त गर्न खाजिएको आरोप लगाए । अध्यक्ष ओलीले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे ।
उनले भने ‘देशमा राजनीतिक स्थिरताको स्थिति छैन् । अस्थिरता तर्फ देश गएको छ । जानी बुझिकन पनि हामीमाथि केही कुराहरु जनतालाई अलमलाएर थोपरिए । जुन कुरालाई हामीले स्वीकार्न बाध्य भयौं । नीति नभएका चार तिर फर्किएका तत्वहरु मिलेर सरकार जनाउनु पर्ने अवस्था छ । त्यो भनेको देश नीति हिनतामा जाने नै भयो । उनीहरुको भ्रष्टचारको पर्दाफास होला भनेर एमालेले भ्रष्टाचार ग¥र्यो भने । ’
अध्यक्ष ओलीले वर्तमान सरकारले निकै नै लज्जास्पद काम गरेको दावी गर्दै आफ्नो भ्रष्टाचार छोप्न एमालेलाई भ्रष्टचारी बनाएको आरोप लगाए ।
आफ्नो बल र बुताका एमाले निरन्तर अगाडि बढिरहने उनको भनाइ छ । उनले सबै संगठनले आफ्नो काम र कर्तव्य निर्वाह गर्न आवश्यक भएको पनि औल्याए ।