नक्कली शरणार्थी बनाउने खेल ओली प्रधानमन्त्री हुँदादेखि सुरु : सांसद राणा
काठमाडौं । नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेल केपी ओली प्रधानमन्त्री भएको बेलामा सुरु भएको बताएका छन् ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकपश्चात सञ्चारकर्मीसंग सांसद राणाले सदनमा अमेरिका गएको बेलामा भुटानी शरणार्थीहरुलाई अर्को देशमा लाने सहमति भएको कुरा गर्नु भएपनि यो प्रकरणकोशिलान्यासओली प्रधानमन्त्री हुदाँ भएको दावी गरे ।
उनले भने, नक्कली भुटानी शरणार्थीको सुरुवात कहिले भयो, यसको शिलान्यास कहिले भयो भन्दा उहाँले सदनमा उदाहरण अमेरिका गएको बेलामा हामीले भुटानी शरणार्थीहरुलाई अर्को देशमा लाने सहमति भएको कुरा गर्नु भएको छ । त्यो ठीकै छ तर हामीले त्यो सुरुवातको कुरा गरेको होईन् । नेपालीलाई भुटानी बनाउने खेल कहिले सुरु भयो भने भन्दा उहाँ प्रधानमन्त्री भएको बेलामा सुरु भएको हो ।’
राणाले ओली अरुलाई व्यङ्ग्य हान्ने र होच्याउने काममा माहिर भएको भन्दै उनको कुरालाई नकारात्मक रुपमा नलिएको पनि बताए ।